Logo

प्रमुख समाचार

मिलिसकेका वैचारिक मुद्दामा आशंका उत्पन्न हुँदा गठबन्धन भत्कियो : प्रचण्ड



काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैचारिक विषयमा आशंका उत्पन्न हुँदा कांग्रेससँग गठबन्धन भत्काउनु परेको बताएका छन्।

प्रतिनिधिसभामा सांसदहरूले उठाएका सवालको जवाफ दिँदै प्रधानमन्त्रीले कांग्रेससमेत रहेको अघिल्लो गठबन्धन टुट्नुमा कांग्रेस महासमिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासमिति बैठकमा स्टल राखेरै हिन्दू राज्य घोषणाको पक्षमा चलाइएको अभियानलाई गम्भीरतापूर्वक लिएको बताए।

उनले महासमिति बैठकमा सन्दर्भ नै नरहेको आगामी चुनावी गठबन्धनको विषयमा प्रस्तुत प्रस्ताव हुनु पनि आफूहरूको चासोको विषय रहेको उनले बताए।

प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार  १ : १५ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।