काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १४ महिने उपलब्धिको उत्तर मागेका छन्। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै उनले प्रधानमन्त्रीले गठबन्धन भत्काउन भनी गरेको निर्णयमध्ये चार कारण आफूले पाएको भन्दै यस अवधिमा प्रधानमन्त्रीले १४ महिना बिताएको र त्यस अवधिमा के गर्नुभयो भन्दै प्रश्न गरेका छन्।
‘नयाँ सत्ता गठबन्धनले गरेको सहमतिमा चारवटा बुँदा पाएँ। पोहोरको पुसमा प्रधानमन्त्री भएको र १५ महिनापछि शुसासन, न्याय र विकास केही भएन भने के गर्नुभयो? यो नेपाली जनताले सोध्न पाउँछन् कि पाउदैन? अब प्रश्न उठ्छ कि उठ्दैन तपाईंले १४ महिना के गर्नुभयो?,’ उनले भने
राजनीतिमा यस्तो झुटो र कपोकल्पित कुरा गरेर दीर्घकालीन नहुने लेखकको भनाइ छ। उनले सरकारको जिम्मेवारी कसले लिने भनी प्रधानमन्त्रीमाथि प्रश्नसमेत गरेका छन्। उनले संविधानले प्रधानमन्त्री नै सबैमा जवाफदेही हुने भन्दै यो असफताको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने उनले बताए।
‘मुलुकलाई श्रृंखलाबद्ध अस्थिरतातर्फ लैजाने काम भएको छ। राजनीतिक रुपमा बेइमानी भएको छ। गठवन्धनप्रति इमान्दारीता, सदाशयता र निष्ठा देखाएका थियो। यसमा पनि गठबन्धन भत्काउनु नेपाली कांग्रेसप्रतिको विश्वासघात हो। आपसमा छलफल गरेर समाधान हुन सक्ने कुरामा अतिरञ्जित गरिएको छ। एक दुई जना मन्त्रीलाई देखाएर आफ्नो असफलता प्रधानमन्त्रीले छोप्नुभयो,’ उनले भने।
यही कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ताको निर्णय लिइएको उनले दाबी गरे।
प्रतिक्रिया