Logo

खेलकुद

लिभरपुलको फराकिलो जित



काठमाडौं- लिभरपुलले युइएफए युरोपा लिगको राउण्ड १६ को पहिलो लिगमा स्पार्ता प्राहमाथि फराकिलो जित हासिल गरेको छ।

गएराती सम्पन्न खेलमा लिभरपुलले स्पार्ता प्राहलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलको जितमा डर्विन नुनेजले २ गोल गरेका थिए भने एलेक्सिस म्याक एलिस्टर, लुइस डियाज र डोमिनिक स्जोबोसजलाईले एक गक गोल गरेका थिए।

त्यसैगरी स्पार्ता प्राहका लागि लिभरपुलका कोनोर ब्राडलीले आत्मघाती गोल गरेका थिए।

यो जितपछि लिभरपुलले पहिलो लिगमा ५-१ को अग्रता लिएको छ र अब दोस्रो लिग मार्च १५ मा हुने छ।

प्रकाशित मिति : फाल्गुन २५, २०८० शुक्रबार  ७ : ०२ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।