Logo

अर्थ

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट सम्पन्न, २६ जनाले पाए ५१ कित्ता



काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ)को बाँडफाँट सम्पन्न भएको छ ।

आज बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा आईपीओ बाँडफाँट भएको हो । कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि बुक बिल्डिङ बिधिमार्फत आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले प्रतिकित्ता ३६०.९० रुपैयाँ दरका २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । क्यापिटलका अनु्सार कम्पनीको आईपीओमा कुल ९ लाख ६० हजार ३०१ आवेदकबाट १८ अर्ब २६ करोड ६३ लाख ६१ हजार ६२४ रुपैयाँबराबरको ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।

यसमध्ये ९ लाख ५८ हजार ९५९ कित्ता सदर भएको र १ हजार ३४२ आवेदन बदर भएको क्यापिटलले जनाएको छ । यसरी कुल सदर ९ लाख ५८ हजार ९५९आवेदकबाट १८ अर्ब २३ करोड ९२ लाख ७६ हजार ०७९ रुपैयाँबराबरको ५ करोड ५ लाख ३८ हजार ३१० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।

कुल आवेदकमध्ये ५५ हजार ५२१ जनालाई ५० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । यसरी बाँकी ९ लाख ३ हजार ४३८ सदर आवेदकको हात खाली भएको छ ।

प्रकाशित मिति : फाल्गुन २५, २०८० शुक्रबार  १० : ३२ बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।