Logo

अर्थ

महिला फुटबल टिमलाई कृषि विकास बैंकद्वारा नगदसहित सम्मान



काठामाडौं । कृषि विकास बैंक लिमिटेडले नेपाली राष्ट्रिय महिला टोलीलाई रु ६ लाख ५० हजारसहित सम्मान गरेको छ। शुक्रबार रामशाहपथस्थित कृषि विकास बैंकको प्रधान कार्यालयमा एक कार्यक्रमबीच रकम प्रदानसहित सम्मान गरेको हो।

उक्त कार्यक्रमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा, महासचिव किरण राई, सदस्य सरिला श्रेष्ठ, पेमा डोल्मा लामा, मनिष जोशीलगायतको उपस्थिति थियो।

नेपाली राष्ट्रिय महिला टोली गत साता साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको थियाे। फाइनलमा नेपाल जाेर्डनसँग पेनाल्टीमा ५-३ गोलले पराजित भएकाे थियाे।

निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीबाट २-२ गोलको बराबरी भएपछि उपाधिको छिनोफानो पेनाल्टीबाट गरिएको थियो। जसमा जाेर्डन भाग्यशाली भयाे।

नेपालका लागि पेनाल्टीमा गीता राना, दिपा शाही, हिरा कुमारी भुजेलले गोल गरिन् भने अमृता जैशीको पेनाल्टी जार्डनकी गोलरक्षकले बचाइन्। यस्तै जोर्डनका लागि आयाह अल मजाली, मेइसा जब्राह, नुर जोक्वास, सारा अबु सबा र रोजबाहान फरिजले गोल गरे।

नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जित्नबाट बञ्चित भएको छ। अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा नेपालको यो ११औं पराजय थियाे।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार १४:२५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।