Logo

प्रमुख समाचार

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्न कांग्रेसको प्रस्ताव



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति सार्न प्रस्ताव गरेको छ। सरकारले फागुन २९ गतेका लागि राष्ट्रिय सभा अध्यक्ष चयनका लागि मिति तय गरे पनि आफ्नो दलसँग छलफल नगरी एकतर्फी रूपमा तय गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधि सभाको पहिलो ठूलो दल र राष्ट्रिय सभाको दोस्रो ठूलो दलसँग छलफल नगरी सरकारले एकतर्फी रूपमा निर्वाचनको मिति तय गरेकोमा कांग्रेसको आपत्ति रहेको बताए। उनले कांग्रेससँग छलफल गरेर अर्को मिति तोकेर निर्वाचनको मिति तय गर्नुपर्ने बताएका छन्।

यसबारे राष्ट्रिय सभा बैठक पूर्व आज बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले प्रस्ताव गर्दै छन्।

प्रकाशित मिति : फाल्गुन २७, २०८० आईतबार  १० : ५६ बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।