Logo

राजनीति

मलाई समय दिए जिबी राईलाई सात दिनमा पक्राउ गर्न सक्छु : दुर्गा प्रसाईं



काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म. संस्कृति र नागरिक बचाउ महाअधियानका संयोजक दुर्गा प्रसाईंले सहकारी नेटवर्किङ खडा गरी १६ अर्ब ठगी गरेर फरार रहेका जिबी राईलाई पक्राउ गर्न समय दिए सात दिनमा पक्राउ गरेर फिर्ता ल्याउन सक्ने बताएका छन्।

उनले गृहमन्त्री रवि लामिछानेसँग पक्राउका लागि अनुमति माग गर्दै अनुमतिमा पाएमा सात दिनभित्र पक्राउ गरेर नेपाल ल्याउन सक्ने बताएका हुन्।

यसका साथै उनले यतिबेला देश सखाप पार्न माफियाहरू सक्रिय रहेको आरोप लगाए। माफियाहरूले २०३० सम्म देशलाई खोक्रो तुल्याइसक्ने उनको दाबी छ।

प्रकाशित मिति : फाल्गुन २७, २०८० आईतबार  ११ : ५१ बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।