Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको वृद्धि



काठामाडौं। साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २२.१० अंकले बढेर २०५२.६५ को विन्दुमा बन्द भएको छ।

आज माइक्रोफाइनान्स उपसूचक ४ प्रतिशतले बढेको छ । आज दिनभरिमा २०४ कम्पनीको ७० करोड ४३ लाख ४५७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९२ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज हाइड्रोपावर बाहेक सबै उपसूचक बढेका छन् । आज १९४ कम्पनीको शेयर मूल्य बढेको छ भने ४६ कम्पनीको सेयर मूल्य घटेको छ । आज माइक्रोफाइनान्स कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

बजार बढ्दा १९४ कम्पनीको सेयरभाउ बढेको छ भने ४६ वटाको घटेको छ। यो दिन ४ कम्पनीको सेयरभाउ स्थिर रहेको छ।

शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सोनापुर मिनरल्स १८ करोड १३ लाख रुपैयाँ,जोशी हाइड्रोपावर ७ करोड ९० लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्ट ७ करोड २८ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स ७ करोड १५ लाख रुपैयाँ,घोराही सिमेन्ट ७ करोड १५ लाख रुपैयाँ,गोर्खाज फाइनान्स ६ करोड ७८ लाख रुपैयाँ,सन नेपाल लाइफ इन्स्योरेन्स ५ करोड ६१ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर ४ करोड ९ लाख रुपैयाँ,मोलुङ हाइड्रोपावर ३ करोड ८० लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।

प्रकाशित मिति : फाल्गुन २७, २०८० आईतबार  ३ : २९ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।