काठमाडौं । वाणिज्य बैंकहरुले चैत महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ ।
फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ ।
तर, एनआईसी एसिया बैंकले चैतका लागि ब्याजदर बढाएको छ । प्रभु र ग्लोबल आईएमई बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने बाँकी १७ बैंकले घटाएका छन् ।
बैंकले चैतदेखि लागू गर्नेगरी व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर सबैभन्दा धेरै ८.५४८ प्रतिशत छ । माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९.१५ प्रतिशतसम्म थियो । फागुनमा भने सोही प्रकृतिको निक्षेपमा अधिकतम ब्याजदर नै ८.५० प्रतिशतमा झरेको थियो । चैतका लागि एनआईसी एसियाबाहेक सबै बैंकको व्यक्तिगत मुद्दतीको ब्याजदर ७.७५ प्रतिशतभन्दा तल झरेको छ ।
चैत महिनाका लागि सार्वजनिक भएको नयाँ ब्याजदर तालिकाअनुसार कृषि विकास बैंक लिमिटेडले व्यक्तिगततर्फको अधिकतम ब्याजदर ६.६६६१ प्रतिशत कायम गरेको छ भने संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ४.५१०० प्रतिशत कायम गरेको छ । फागुन महिनाका लागि यो संस्थागततर्फ बैंकको अधिकतम ब्याजदर ४.९४३० प्रतिशत र व्यक्तिगततर्फ ७.४४३० प्रतिशत रहेको थियो ।
त्यसैगरी, एनआईशी एशिया बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५४८ प्रतिशत र अधिकतम ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
नेपाल बैंक लिमिटेडले व्यक्तिगततर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । फागुन महिनामा बैंकले व्यक्तिगततर्फ अधिकतम ७.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
त्यस्तै, कुमारी बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.५१ प्रतिशत र संस्थागतर्फ ६.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ८.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर तोकेको थियो । त्यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनामा भने बैंकले व्यक्तिगततर्फ अधिकतम ७.३५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेका थियो ।
एभरेष्ट बैंकले व्यक्तिगततर्फ ६.५ र संस्थागततर्फ अधिकतम ५.५ प्रतिशत ब्याजदर तोकेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ८ र संस्थागततर्फ ६ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो । एनएमबी बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।
त्यसैगरी, हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनामा बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर रहेको थियो । सिटिजन्स इन्टरनेशनल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको छ । फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर रहेको थियो ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.३५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको थियो ।सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिना ७.५१ र ५.५१ प्रतिशत रहेको थियो । प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.४ प्रतिशत र संस्थागततर्फ ५.४ प्रतिशत ब्याजदर रहेको थियो ।
माछापुच्छ्रे बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको छ । अघिल्लो महिना बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको थियो । नेपाल एसबीआई बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर रहेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जुन फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत रहेको थियो । लक्ष्मी सजराइज बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । अघिल्लो महिना बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको थियो । सिद्धार्थ बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर कायम भएको छ । फागुन महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम थियो ।
त्यस्तै, नविल बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर कायम भएको छ । फागुन महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम थियो ।
त्यसैगरी, प्रभु बैंक र ग्लोबल आइएमई बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । जसअजुसार प्रभु बैंककाे व्यक्तिगततर्फ अधिकतम ७.५ र संस्थागतर्फ भने ६.५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ भने ग्लोबल आइएमई बैंककाे व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.६ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत ब्याजदर कायम भएको छ । जुन फागुन महिना कै ब्याजदर हो ।
प्रतिक्रिया