Logo

प्रमुख समाचार

तीन नेताबीच १५/१५ महिना आलोपालो प्रधानमन्त्री चलाउने खुलासा



काठमाडौं- सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच १५/१५ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको खुलासा भएको छ। नेकपा एकीकृत समाजवादी संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले माधव नेपालसहित प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच १५ महिना प्रधानमन्त्री बन्ने सहमति भएको खुलासा गरे।

विश्वासको मत दिनुअघि केपी शर्मा ओली र प्रचण्डसँग प्रतिबद्धता मागेको नेकपा एसले माधव नेपाल प्रधानमन्त्री बन्ने ग्यारेन्टी खोजेको उनको भनाइ छ। बुधबार मुख्य नेताहरूबीच १५/१५ महिना प्रधानमन्त्री बन्ने समझदारी बनेको चौधरीको दाबी छ।

‘अब १५ महिना प्रचण्ड प्रधानमन्त्री रहने, त्यसपछि १५ महिना माधव नेपाल र चुनावी सरकारको नेतृत्व केपी शर्मा ओलीले १५ महिना गर्ने समझदारी भएको छ । त्यस अनुसार हामीले विश्वासको मत दिने हो,’ उनले भने।

सहमति अनुसार नै आफूहरू प्रधानमन्त्रीलाई विश्वासको मत दिन तयार भएको उनले बताए। ‘हामीले हिजोको दिनमा प्रधानमन्त्रीसँग जुन सम्झौता गरेका छौँ । जुन विषयहरु बाहिर पनि आइसकेका छन् । त्यो विषयमा सहमति भएको छ । त्यसको कार्यान्वयन गर्न हामी इच्छुक छौँ । तर आज त्यो सबै सहमति कार्यान्वयन हुनेगरी विश्वासको मत दिने निर्णय गरेका छौँ । हामीले जे विषयमा सहमति भएको छ, त्यो सहमति कार्यान्वयन हुन सकेन, भएन भने, इमान्दारी भएन भने फरक तरिकाले सोच्न सक्ने निर्णय गरेका छौँ । १५/१५ महिना प्रधानमन्त्रीको सहमति भएको छ । अबको १५ महिना प्रचण्ड, त्यसपछि माधवकुमार नेपाल र त्यसपछिको प्रधानमन्त्री केपी शर्मा ओली हुने भन्ने सहमति भएको छ,’ उनले भने।

प्रकाशित मिति : फाल्गुन ३०, २०८० बुधबार  ११ : ३८ बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।