Logo

प्रमुख समाचार

ओलीले देउवालाई ग्रिन सिग्नल दिँदै भने- आउनुस् बसेर कुरा गरौं



काठमाडौं- सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छलफलका लागि आह्वान गरेका छन्।

‘शेरबहादुरजी हिजो सत्तापक्षमा हुनुहुन्थ्यो, पूर्वप्रधानमन्त्री। म अहिले सत्तापक्षमा छु, पूर्वप्रधानमन्त्री पनि हो। म भन्न चाहन्छु शेरबहादुरजीलाई, बसौं। कुरा गरौं,’ ओलीले रोस्टमबाट यस्तो प्रस्ताव राख्दा संसद बैठकमै रहेका देउवा मुसुमुसु हाँस्दै ‘हुन्छ’ भनेका थिए।

अध्यक्ष ओलीले प्रतिपक्षमा बस्दैमा कुरा नचल्ने भन्ने नहुने पनि बताए।

‘आउनुस् कुरा गरौं, छलफल गरौं। समस्याहरू मिलेर समस्या समाधान गरौं। देश समस्याग्रस्त छ। भ्रष्टाचार रोक्नुपर्दछ,’ ओलीले भने।

उनले संसदमा कसैको पनि एकल बहुमत नभएको बताए। कांग्रेसले एमालेभन्दा केही सिट धेरै ल्याएको उनको भनाइ थियो।

‘पपुलर भोटमा कांग्रेसभन्दा हाम्रो अलिकति बढी नै छ तर कुरै चल्दैन, बोली चल्दैन?,’ कांग्रेसलाई लक्षित गर्दै ओलीले भने, ‘यस्ता प्रवृत्तिलाई अन्त्य गरौं।’

कांग्रेसले प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजनीतिक बेइमान भनिरहेको समयमा ओलीको यस्तो अभिव्यक्ति आएको हो। माओवादीले जसलाई पनि धोका दिने भएकाले धोका खाएकाहरू एक ठाउँमा उभिँदा प्रचण्डलाई समस्या हुने अभिव्यक्ति दिइरहेका बेला ओलीको यस्तो प्रस्ताव आएको हो।

प्रकाशित मिति : फाल्गुन ३०, २०८० बुधबार  १ : ४३ बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।