Logo

अर्थ

सेयर बजारमा झिनो अंकको गिरावट



काठमाडौं । लगातार ४ दिन बढेकाे सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज बजारमा २.४८ अंकको गिरावट आएको हो । नेप्से परिसूचक घटेर २१०८.७२ को विन्दुमा झरेको छ ।

आज ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ९४ कम्पनीको सेयर मुल्य बढेको छ भने १३३ कम्पनीको सेयर मुल्य घटेको छ ।

त्यस्तै,सबैभनदा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९.५८ प्रशिततका दरले कमाएका छन् । आत्मानिर्भर लघुवित्तका लगानकिर्ताले ९.२२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अपर तामाकोशीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार १५:३१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।