काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले आज गृहमन्त्री रवि लामिछानेलाई अध्ययन प्रतिवेदन बुझाएको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले करिब ५ महिनाको छानबिनपछि आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।
अध्यक्ष आचार्यले बिहिबार सिंहदरबार पुगेर उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
भेप र ब्रेक सुमा लुकाएर ११ महिनाको अवधिमा ३ सय ६३ केजी सुन भित्रिएको पुष्टि सीआईबीले गरिसकेको छ । त्यसकै आधारमा दायर मुद्दा यतिबेला जिल्ला अदालतमा विचाराधीन छ ।
आयोगको सदस्यमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी छन् ।




















प्रतिक्रिया