Logo

अनलाइनपाना खोज

कहिँ नभएको जात्रा राष्ट्र बैंकमा : जुनियरसँग प्रतिसोध साध्न सहानुभूति बटुल्दै डेपुटी गभर्नर ढुङ्गाना

तनाव व्यवस्थापनको उत्तम उपाय: महंगा रिसोर्ट र ब्रान्डेड रक्सी, राज्यकोषको करोडौं रुपैयाँ स्वाहा:



काठमाडौं । कहिँ नभएको जात्रा हाडिगाउँमा भन्ने उखान यतिबेला नेपाल राष्ट्र बैंकका उच्च व्यवस्थापनका कर्मचारीको कार्यशैलीसंग ठ्याक्कै मेल खान्छ । कुनै पनि ब्यत्ति तथा संस्थाको आफ्नै नियम र परिधि हुन्छ । जसलाई अनुशासनले बाधेको हुन्छ, तर सोहि ब्यत्ति अनुशासनहिन बन्दा यसले संस्थालाई अकल्पनीय क्षेति पुर्‍र्याउँछ ।

नेपाल राष्ट्र बैंक एक जिम्मेवार संस्था हो तर पछिल्लो केहि समय यता बैंकका उच्च व्यवस्थापनका अनुशासनहिन कर्मचारीका कारण बैंक प्रति हेर्ने जनमानसको दृष्टिकोणमा असर पर्नुका साथै यस गैरवशाली संस्थाको गरिमा खस्किएको पाइएको छ ।

लामो समयदेखि ‘सङ्कटोन्मुख’ बनेको नेपाली अर्थतन्त्रमा ‘केही सुधारका सङ्केत’ देखिएपनि लयमा फर्कन सकेको छैन । अस्थीर राजनीतिक प्रणाली र बारम्बार फेरिरहने अर्थमन्त्री अर्थात् सत्ता समिकरणले अर्थतन्त्रमा थप आर्थिक जटिलता थप्ने देखिन्छ । हाल अर्थतन्त्रका केही सूचकहरू “सुधारोन्मुख देखिएपनि वित्त व्यवस्थापनमा भने अझै समस्या देखिन्छ ।

आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव बैंक तथा वित्तीय संस्थामा परेको छ । बजारमा अपेक्षित रूपमा कर्जा माग नहुँदा बैंकहरूमा पाँच खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ । जसका कारण बजार अन्योलग्रस्त छ । कर्जा प्रवाह नहुदा ब्याजदर घटेको घट्यै छ । प्रवाह भएका कर्जा असुली नहुँदा बैंकहरूको निष्क्रिय कर्जा ह्वातै बढेको छ ।

यस्तो जटिल अवस्थामा रहेको बैंकिङ क्षेत्रको मुख्य चुनौतीप्रति बैंक तथा वित्तीय संस्थाको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक सचेत भएर जिम्मेवारपूर्वक काम गर्नुपर्नेमा व्यवस्थापनका नेतृत्व नै व्यक्तिगत समस्या, आरोप प्रत्यारोप तथा एक अर्काबीच प्रतिशोध साध्नमा व्यस्त छन् ।

अर्थतन्त्र सुधारको लागि नेपाल राष्ट्र बैंकको व्यवस्थपकिय जिम्मेवारी ज्यादै महत्वपूर्ण हुन्छ । तर बैंकको उच्च व्यवस्थापनमा देखिएको गलत प्रवृति, राजनीतिक हावी, लैङ्गिक विभेद अनुभूत गर्ने सामाजिक प्रवृति र गैर जिम्मेवार पात्रका कारण बैंक आँफै विवादमा तानिएको छ ।

सामाजिक परिधीभन्दा बाहिर गएर आधुनिकतालाई बेफिक्री अङ्गाल्ने होडबाजी नेपाल राष्ट्र बैंकमा पनि राम्रैसङ्ग चलेको छ । तनाव व्यवस्थापन भन्दै राज्यकोषको करोडौं रकम महंगा रिसोर्ट र ब्रान्डेड रक्सीमा खर्चिने गरेको नेपाल राष्ट्र बैंकले यसपटक भने लाज पनि लजाउने काम गर्‍यो ।

२०८० साल पौष २७ गते शुक्रबार राष्ट्र बैंकले आफ्नै आयोजनामा नगरकोट स्थित होटेल मिस्टिक माउन्टेनमा ‘जाड पाटीको’ आयोजना गर्‍यो । जसमा गभर्नर महाप्रसाद अधिकारी स्वयम् उपस्थित थिए ।

दिउँसो आध्यात्मिक कार्यक्रमसंगै मेडिटेशन गरेका गभर्नर महप्रसाद अधिकारी, डेपुटी गभर्नर डा. निलम ढुङ्गाना लगायत अन्य सबै कर्मचारी साँझ पर्नासाथ जाडपाटीको मज्जा लिन सुरु गरिहाले ।

आफ्नै हात जगन्नाथ भनेझै बैंक आफैंले आयोजना गरेको कार्यक्रम भएकाले रोक्ने टोक्ने या देख्ने कोहि थिएनन् । जसलाई जे खान मन लाग्छ खान पाईन्थ्यो ।

‘जाड माद्क पदार्थ हो, यसको सेवन गरेपछि होस गुमाईन्छ’ र सहि गलतको हेक्का रहन्न भन्ने नजान्ने त्यहाँ कोहि थिएनन् । डेपुटी गभर्नर डा. ढुङ्गाना पनि यस बिषयमा जानकार नै थिइन् । दर्जाले दोश्रो वरियताक्रममा रहेकी उनी एक जिम्मेवार कर्मचारी भएका हिसाबले आफैं आयोजक हुन्, उनले पनि निर्धक्क भएरै ‘जाड पाटी’मा रक्सी खान थालिन्  या सभ्य भाषामा भन्दा वाईन् खान सुरु गरिन् तर हाम्रो नेपाली समाजले भने अझै पनि महिलाले जाड खाएको सहजै पचाउँदैन ।

जाडको नसामा लठ्ठीएका बैंकका जिम्मेवार भनिएका कर्मचारी अब सहि र गलत छुट्याउन सक्ने अवस्थामै थिएनन् । त्यसपछि जसले जसलाई जे मनलाग्छ बोल्न थाले । राजनीतिज्ञले झैँ ठूला ठूला गफ चुट्न थाले । गफै गफमा अदालतमा परेको गभर्नरको मुद्दाका विषयमा राम्रै तर्कवितर्क चल्यो । गभर्नर अधिकारीको निलम्बनपछि डा. ढुङ्गाना नै गभर्नर बन्ने चर्चा पनि चल्यो ।

यसैबीच जाड खाएर होस् गुमाएका टक्सार बिभागका प्रमुख थानेश्वर आचार्यको नजर नजिकैको टेवलमा बसेर वाईन खाईरहेकी चर्चामा ‘हुनेवाला गभर्नर’  भनिएकी  ढुङ्गानामा पर्‍यो । आचार्यको नियत के थियो ?  किन यसो गरे त्यो उनै जानुन् तर उनै डा. ढुङ्गाना गभर्नर बन्ने चर्चा सुनिरहेका आचार्य उत्साहित हुँदै खानपिन सकेर आफ्नो कोठामा जादै गरेकी डा. ढुङ्गानाको हात समाउन पुग्छन्, र बधाई छ भन्दै अङ्कमाल गर्छन् । डा. ढुङ्गानाले पनि धन्यवाद भन्दै बाटो लाग्छिन् ।

पटक-पटक तनाव व्यवस्थापनका नाममा राज्यकोषबाटको करोडौं ढुकुटी रक्सी पाटीमा रित्याएको राष्ट्र बैंकमा केहि दिनपछि सोही विषयलाई लिएर आन्तरिक राजनीति सुरु हुन्छ । उक्त विषयलाई  सामान्य रुपमा लिएकी ढुङ्गानाको नियत एकाएक फेरिन्छ र घटनालाई अतिरन्जित गर्दै छानबिनको माग गर्छिन्। जबकी उक्त घटनालाई राट्रबैंककै  इज्जत र प्रतिष्ठासंग जोडेर मिडियाबाजी गरिरहनु जायज नभएको सुझाव छानबिन समितीले दिएको थियो । यद्यपि रास्ट्रबैंकले आचार्यलाई जिम्मेवारीबाट हटाईसकेको छ।

राष्ट्र बैंकको डेपुटी गभर्नर जस्तो जिम्मेवार पदमा बसेर आफैं जाड पाटीको आयोजना गर्ने, आफै सहभागी हुने, आफैं पनि जाड खाने अनि कर्मचारीलाई पनि निर्धक्कसाथ खान छुट दिने, नसाले मातेपछि आफूलाई दुव्र्यबहार गर्‍यो भन्दै मिडियाबाजी गर्ने र सहानुभूति बटुल्ने काम गर्छिन् ।

पुरानो प्रतिसोध साध्ने उदेश्यले सहानुभूति लिनकै लागि ढुङ्गानाले आफूनिकट संञ्चारमाध्यमलाई आफ्नै कार्यकक्षमै बोलाएर पाटीमा सहभागी अन्य उच्चपदस्थ माथि कपोकल्पित आरोप प्रत्यारोप गर्ने, पेशागत कर्मचारी भएर राजनीति कित्ता छुट्टाउदै सिङ्गो संस्थाकै इज्जत, प्रतिष्ठा र गरिमामा आच आउने र कार्यशैलीमाथि नै प्रश्न उठ्ने गरि अभिव्यक्ति दिदै अनर्गल प्रचारवाजी गर्ने जस्ता गैर जिम्मेवारपूर्ण क्रियाकलाप गर्न थालिन् । तर आरोपी आचार्यले भने डा. ढुङ्गानाप्रति आफुले कुनैपनि गलत नियत राखेर नहेरेको बताउँछन् । उक्त घटना सार्वजनिक भएपछि आफूले पटक पटक माफी मागेको र कारवाहि गर्नुपर्ने अडान राखेपछि व्यबस्थापनले जिम्मेवारीबाट हटाएको गुनासो आचायको छ ।

घटनाको आजभन्दा ३ महिना अघिको हो भएपनि नसाको तालमा अंकमाल गरेको बिषय  भने अझै सेलाएन, डा. ढुङ्गानाले आफूलाई महिला भएको कारण हेपिएको र गर्भनर हुनबाट रोक्न षड्यन्त्र भइरहेको आरोप समकक्षीमाथि लगाएकी छन् । बैंकको उच्च व्यबस्थापनमा आफूमात्र एक महिला रहेकोले चेपुवामा परेको विभिन्न संचार माध्यममा बताउदै आएकी छन्  ।

यीनै आरोप प्रत्यारोप र कर्मचारीबीच मत बिभाजनका कारण बैंकको कार्यसंम्पादनमा समस्या देखिएको छ। तसर्थ केहिसमय अघि समस्या समाधानका लागि गर्भनर अधिकारीले डा. ढुङ्गानाको जिम्मेवारी हेरफेर समेत गरेका थिए । तर यसमा पनि डा. ढुङ्गानालाई अझै अपमानीत महसुुस गरिन् र आफूलाई महिला भएकै कारण जिम्मेवारी खोसिएको भन्दै  साहानुभूति लिन खोजिरहेकी छिन् ।

यता, बारम्बार माफी मागेका आरोपी आचार्यलाई डा. ढुङ्गाना आफैले विभागीय कारबाही समेत गरिसकेकी छन् । तर पनि विषयलाई अतिरन्जित गर्दै कसैको उक्साहटमा लागेर ढुङ्गानाले  पाटीमा सहभागी अन्य कर्मचारीमाथी पनि दोष थोपर्दै थप कारबाही गर्नुपर्ने अडानमा छिन् । तर गभर्नर अधिकार भने महिलाको संवेदनशीलताका कारण समस्या अझै उल्झिने डरले मौन छन् ।

एउटा जिम्मेवार संस्थाको कार्यकारी पदमा रहेको डेपुटी गर्भनरलाई आफ्नो पदीय मर्यादाको ख्याल राख्दै कुन बिषयमा के बोल्ने, के नबोल्ने कस्ता बिषयलाई प्राथामिकतमा राख्ने भन्ने हेक्का हुनुपर्छ । कतिपय अबस्थामा संस्थागत हितका लागि व्यत्तिगत समस्या नगण्य हुनसक्छ । हरेक समस्याको समाधान कानुनी प्रक्रियाबाट खोज्नु बुद्धिमानी मानिन्छ ।

महिला शब्द आफैमा ओझिलो छ । विश्वव्यापी रुपमा आएको परिवर्तनसंगै महिला र पुरुषबीच हुने भेदभाव र दृष्टिकोणमा समेत परिवर्तन भएको छ । केहि समयअघिसम्म महिलालाई घर गृहस्थी र परिवारमाको संकुचित घेरामा मात्र सिमित राखेर हेर्ने गरिन्थ्यो भने एक्काइसौं शताब्दीसम्म आईपुग्दा निकै ठूलो परिवर्तन भएको छ ।

नेपालको सन्दर्भमा पनि अपवाद बाहेक राष्ट्र प्रमुख, सभामुख, प्रधानन्यायाधीश जस्तो अत्यन्त जिम्मेवार र अति संवेदनशील क्षेत्र लगायत अन्य थुप्रै महत्त्वपूर्ण स्थानमा महिलाले प्रमुख भएर जिम्मेवारीपुर्वक कार्यसम्पादन गरिसकेका छन् । अहिले पनि देशका कतिपय प्रमुख कार्यकारी भूमिकामा महिला नै छन् । जनताको मन जितेरै देशको गरिमामय संसदमा थुप्रै महिलाहरु पुग्न सफल भएका छन् । आफ्नो योग्यता र क्षमताका आधारमा आत्मविश्वास बलियो बनाएर अवसरको भरपुर फाईदा लिदै चुनौतीको सामना गरेका महिलाहरुले इतिहास रचेका पनि छन् ।

सामाजिक मूल्य मान्यतालाई आत्मसात गर्दै परम्परागत सोचलाई समेत बेवास्ता गरि कार्यकारी भूमिकामा केवल पुरुषमात्र रहन्छन् भन्ने सोचलाई गलत सावित गर्न दृढ संकल्प यवम् अत्मविस्वासका साथ अघि बढ्ने हो भने उदेश्य प्राप्ति सम्भव छ भन्ने प्रमाणित भैसकेको छ ।

तर पुरुषप्रधान देश, पितृ सतात्मक सोच, सामाजिक विभेद पुरुषमैत्री कानुन आदिलाई दोष देखाएर कर्तब्य समेत भुलेका महिलाहरु भने अधिकारका लागि लडिरहेका देखिन्छन् । महिला हिंसा, महिला पीडित, महिला निरीह छन् भन्ने देखाएर आरक्षणमै सिमित भएका पनि थुप्रै उदाहरण छन् ।

यद्यपी नेतृत्वमा पुगेका केहि महिलाको सोच भने अझै फेरिन सकेको छैन । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र देशका लागि आफ्नो आवस्यकता देख्ने र सोही अनुरुप कुशलतापूर्वक कार्य गर्ने गरेको पाइदैन । अझै पुरातनवादी सोच हावी भएको देखिन्छ ।

हरेक घटनालाई लैङ्गगिक रुपमा जोडेर हेर्ने र गरिने सामान्य व्यवहारलाई दुर्व्यवहारकै रुपमा लिने, महिला कमजोर हुन्छन् भन्ने विभेदकारी सोच बोकेका महिलाकै कारण पनि हिंसालाई लिङ्ग विशेषमा मात्र जोडेर व्याख्या गर्ने गरिएको छ ।

तर लैङ्गिक हिंसा महिलामाथि मात्रै नभएर पुरुषमाथि समेत हुने गरेका छन् । सधै पुरुषलाई पिडक र महिलालाई पिडितका रुपमा राखेर हेर्ने समाजले के भन्ला भन्ने डरले पनि कतिपय पुरुषमाथी भएका हिंसा गर्भमै रहन्छन् । कानुनी छिद्रको दुरुपयोग गर्दै सहमतिका सम्बन्धलाई पनि दुर्व्यवहारमा प्रमाणित गर्ने परिपाटीका कारण अपवाद बाहेक अधिकांस वास्तविक पीडितले अझै न्याय पाउन सकेका छैनन् ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार २०:०२   :  बजे

8.6K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।