काठमाडौं– नेपाली कांग्रेसनिकट नेविसंघका १५ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले १५ जना नेविसंघका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो।
नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै? दुलोभित्र पसेको हो?, सहकारी पीडितलाई न्याय खै लगायतका व्यानर बोकेर सिंहदरबारमा प्रदर्शन गरेका थिए। सोही क्रममा उनीहरू पक्राउ परेका हुन्।
सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधान तथा गृहमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस र उसका भ्रातृसंगठनहरूले विरोध जनाउँदै आएका छन्। नेपाली कांग्रेसले संसदमा र नेविसंघले सडकमार्फत् आवाज उठाउँदै आएको छ।




















प्रतिक्रिया