Logo

स्वास्थ्य

२४ घण्टामा थप ३ हजार ३०९ जनामा संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ८२ हजार ९२३ संक्रमितको संख्या पुगेको छ । 

त्यसैगरी २४ घण्टामा ३ हजार ८४४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३६ हजार ९११ छ ।

 

प्रकाशित : १९ कार्तिक २०७७, बुधबार