Logo

अर्थ

प्रभु क्यापिटलद्वारा केन्द्रीय व्यवस्थापन विभाग र पब्लिक यूथ क्याम्पसमा वित्तिय सचेतना कार्यक्रम सम्पन्न



काठमाडौं । ग्लोबल मनि विकको अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ८ र ९ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने विश्व वित्तीय सप्ताह खास गरि किशोर तथा युवा–युवतीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराउने उद्देश्यले ओइसीडीको संयोजनमा मनाउने गरिन्छ ।

प्रभु क्यापिटलले चैत ०८ गते कीर्तिपुर स्थित रहेको केन्द्रीय व्यवस्थापन विभाग त्रिभुवन विश्वविद्यालय अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई प्रभु क्यापिटलकै कार्यलयमा ‘भिजिट मर्चेन्ट बैंक’ अन्तर्गत मर्चेन्ट बैंकले गर्ने कार्य, कार्यशैली, पूँजीबजार, लगानी तथा जोखिमको बारेमा जानकारी दिएको थियो भने चैत ०९ गते पब्लिक यूथ क्याम्पसमा अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई सेयरमा कसरी लगानि गर्ने वित्तिय बजार र धितोपत्र बजार सम्बन्धी जानकारी गराएको थियो ।

उक्त कार्यक्रममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए ।

केन्द्रीय व्यवस्थापन विभाग त्रिभुवन विश्वविद्यालय अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाइ कार्यक्रममा प्रशिक्षकले विद्यार्थीहरुलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरूलाई मर्चेन्ट बैंकले गर्ने कामकाज तथा कार्यशैली लाई विस्तारित रुपमा व्याख्या गर्नुका साथै पूँजी बजारको विभिन्न उपकरणहरुको अवसर तथा जोखिम बारेमा प्रकाश पारेका थिए भने पब्लिक यूथ क्याम्पसमा अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई कसरी सानै उमेर देखि आफुसंग रहेको पैसालाई एकीकृत गरि पूँजी निर्माण गर्न सकिने, जोखिम पहिचान र व्यवस्थापन, पुँजी विनियोजनको रणनीति तथा विभिन्न लगानीहरुको अवसर र चुनौतीका विषयमा प्रस्तुतिकरण गरिएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार १४:०३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।