Logo

अर्थ

हिमालयन लघुवित्तद्वारा ग्लोबल मनि विक कार्यक्रम सम्पन्न



काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । संस्थाले चैत ५ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको ग्लोबल मनि विकमा विविध कार्यक्रम आयोजना गरेको हो ।

संस्थाले वित्तीय साक्षरताअन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रमहरु सञ्चालन गर्नुका साथै प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी र्‍यालीसमेत आयोजना गरेको थियो ।

संस्थामा आवद्ध रहेका सदस्य, समुदायएवम् स्कुल कलेजमा अध्ययनरत छात्र–छात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन ले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रमबाट करिब १८ हजार जना लाभान्वित भएको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १०:५३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।