Logo

अर्थ

एभरेष्ट बैंकद्वारा ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न



काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा बिगतका वर्षहरुजस्तै यस वर्षपनि एभरेष्ट बैंकले ग्लोबल मनि विकका अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बैंकले उक्त कार्यक्रमअन्तर्गत ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण गरेको जनाएको छ ।

ती कार्यक्रमहरुमा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराइएको थियो ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकले देशभरका आफ्ना १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ एटीएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार १४:३९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।