काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा आज बिहीबार लगातार सातौं सकारात्मक सर्किट लागेको छ । आज सर्वोत्तमको सेयर मूल्य प्रतिकित्ता १ हजार ८३ पुगेको छ । कम्पनीको सेयरको सुरुवाती कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा भएको थियो ।
उक्त कम्पनीको सेयर मूल्य पहिलो दिन ६११.७, दोस्रो दिन ६७२.७, तेस्रो दिन ७३९.९, चौथो दिन ८१३.८ रुपैयाँ पाँचौ दिन ८९५.१, छैटौं दिन ९८४.६ हुँदै आज सातौं कारोबार दिन १०८३ रुपैयाँ पुगेर सातौं सकारात्मक सर्किट लागेको हो ।
कम्पनीको सेयर यही चैत ६ गतेदेखि कारोबार सुरु भएको थियो । कम्पनीले यही फागुन २५ गते सेयर बाँडफाँड गरेको थियो ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले सेयर बाँडफाँड गर्दै ५५ हजार ५२१ जनालाई सेयर परेको जानकारी दिएको थियो । सो क्रममा २६ जनाले भने ५१ कित्ताका दरले सेयर पाएका थिए । सर्वोत्तमले बूक विल्डिङ विधिमार्फत प्रतिकित्ता ३६०.९ रुपैयाँमा सेयर बिक्री खुलाएको थियो ।




















प्रतिक्रिया