Logo

अर्थ

सेयर बजारमा ४.७८ अंककाे बृद्धि, २ अर्बमाथिको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.७८ अंकले बढेर २०३५.६४ को विन्दुमा बन्द भएको हो।

आज ३१३ कम्पनीको ६६ लाख १४ हजार ४४५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ३३ लाख रुपैयाँको सेयर काारेबार भएको छ । आज १२० कम्पनीको शेयर मुल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सर्वोत्तम सिमेन्टका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८.७३ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्तका लगानकिर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

सर्वोत्तम सिमेन्टको सार्वाधिक कारोबार भएको छ। आज यस कम्पनीको ९ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार १५:३१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।