Logo

अर्थ

मैलुङ खोला जलविद्युतको सेयरमूल्य समायोजन



काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य  समायोजना भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको २.२२११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

नयाँ समायोजित मूल्यअनुसार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४६१.७४ रुपैयाँ कायम भएको छ । अन्तिम कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४७२ रुपैयाँ कायम थियो । आइतबारदेखि कम्पनीको सेयर नयाँ समायोजित मूल्य अनुसार कारोबारमा आउनेछ ।

कम्पनीले चैत २९ गते बिहीबार लैनचौर ब्याक्वेट काठमाडौँमा दशौँ वार्षिक साधारणसभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको २.२२११ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.११६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार ११:१७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।