Logo

अर्थ

समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं- समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ।

यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.४२२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२८५४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ।

उक्त लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तले चैत २९ गते वार्षिक साधारण सभा बोलाएको छ।

सभा नमोबुद्ध ब्याक्वेट एन्ड इभेन्ट बनेपा काभ्रेपलाञ्चोकमा बिहान ११:३० बजे सुरु हुनेछ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि यसले चैत १९ गते बुक क्लोज गर्ने भएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आईतवार ०९:१४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।