Logo

अर्थ

मनकामना स्मार्ट लघुवित्तको २९ चैतमा साधारण सभा



काठमाडौं- मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडले लाभांस विनानै वार्षिक साधारण सभा बस्ने भएको छ। सभा चैत २९ गते होटल पौवा सिद्धार्थनगर–६, रुपन्देहीमा बस्ने भएको छ।

लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने जनाएको छ जसकारण् यस वर्ष सेयरधनीहरुको हात खाली रहनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, चैत १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सन्नेछन्। यो संस्थालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने तयारीमा छ। गत भदौमा यी दुवै संस्थाबीच प्राप्ति सम्बन्धी समझदारी भएको हो।

प्रकाशित मिति : १८ चैत्र २०८०, आईतवार ०९:१७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।