काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १७.३० अंकले घटेर २०१८.३३ को विन्दुमा झरेको हो ।
आज ३१६ कम्पनीको ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै माया खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गरिमा डिबेञ्चरका इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् । लगातार सकारात्मक सर्किट लागेको यस कम्पनीको शेयरमा आज भने नकारात्मक सर्किट लागेको छ ।
सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।




















प्रतिक्रिया