Logo

अर्थ

२६ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी



काठमाडौं- सरकारले २६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ। त्यसका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ दिने स्पष्टीकरण सोधेको छ।

विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्नका लागि २६ वटा निर्माण कम्पनीलाई सिफारिस गरेपछि कार्यालयले सुरुमा ३० दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना पठाएको थियो। तर, सो समयमा स्पष्टीकरण प्राप्त नभएकाले पुनः ७ दिनको म्याद दिइएको कार्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार ०८:१०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।