Logo

खेलकुद

आयरल्यान्ड ‘ए’विरुद्ध नेपाल ‘ए’ले ब्याटिङ गर्दै



काठमाडौं । नेपाल ‘ए ले तेस्रो तथा अन्तिम टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए सँग टस हारेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा आयरल्यान्ड ‘ए का कप्तान निल रकले जितेर पहिला फिल्डिङ रोजेका छन् । नेपालले ब्याटिङको निम्तो पाएको छ ।

नेपाल ‘ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो । सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्विप हुनबाट बच्न चाहन्छ । दुवै खेलमा नेपालको मध्यक्रम र तल्लोक्रम ब्याटिङ नचल्दा पराजित भएको थियो ।

नेपालको प्लेइङ ११

विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, नारायण जोशी, आरिफ शेख, विपिन खत्री, बसिर अहमद, राशिद खान, सागर ढकाल र कमल सिंह ऐरी ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार १३:०४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।