काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३० हजार ५५० कायम छ । अघिल्लो दिन नेपाली बजारमा सुनको मूल्य १६ सय रुपैयाँले बढ्दै हालसम्मकै महंगो बनेको थियो ।
अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३१ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख ३० हजार ९५० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया