Logo

प्रमुख समाचार

बागमतीमा नेकपा एसबाट आलेमगर मन्त्री



काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मुख्यमन्त्री जमकट्टेलको सिफारिसमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की प्रदेशसभा सदस्य रमा आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले विना विभागीय मन्त्रीमा नियुक्त गरेका छन्।

बागमती प्रदेश प्रमुख शर्माले नवनियुक्त मन्त्री आलेमगरलाइले आज पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्। आगामी एक साताभित्र मन्त्रिपरिषद् विस्तार गरी काम बाँडफाँड गरिने मुख्यमन्त्री जमकट्टेलले बताए।

सपथ ग्रहण समारोहमा मुख्यमन्त्री जमकट्टेल, सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागाईं, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो।

नवनियुक्त मन्त्री अलेमगर काठमाडौं क्षेत्र नम्बर १० (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार ११:१०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।