काठमाडौं । सेयर बजार बुधबार पनि सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ को विन्दुमा झरेको छ ।
आज ३२२ कम्पनीको ६४ लाख ८१ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मस्ल्य घटेको छ ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले कमाएका छन् । गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रिभर फल्स पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ४० प्रतिशतका दरले गुमाएका हुन् ।
सूर्यज्योति लाइफको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सर्वोत्तम सिमेन्ट १२ करोड ६७ लाख रुपैयाँ,गोर्खाज फाइनान्स ११ करोड ७७ लाख रुपैयाँ,शिवम सिमेन्ट ९ करोड ३ लाख रुपैयाँ,सोनापुर मिनरल्स ५ करोड ९२ लाख रुपैयाँ,पिपुल्स पावर ४ करोड ४० लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स ४ करोड ३८ लाख रुपैयाँ,घोराही सिमेन्ट ३ करोड २४ लाख रुपैयाँ,अपर तामाकोशी २ करोड ८८ लाख रुपैयाँ,हिमालयन डिस्टिलरी २ करोड ७८ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।




















प्रतिक्रिया