Logo

अर्थ

एनआईसी एशिया बैंकको एटिएम र पिओएस सेवा अवरूद्ध हुने



काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम र पिओएस सेवा केही समयको लागि अवरूद्ध हुने भएको छ ।

बैंकको मास्टर कार्ड सर्भरमा नियमित मर्मतसम्भार कार्य गर्नुपर्ने भएकोले आज (बुधबार) राति ११:३० बजेदेखि भोलि बिहिबार १:३० बजेसम्म बैंकको एटिएम र पिओएस उपकरणहरूमा मास्टर कार्ड एक्वेरिङको सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

यस कार्यबाट ग्राहकहरूमा पर्न जाने असुविधाप्रति बैंकले क्षमा मागेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार १६:३०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।