Logo

अर्थ

नयाँ वर्षमा सिजी ब्रान्डको सामान किन्दा ५८ हजार ८०० रुपैयाँसम्म क्यासब्याक पाइने



काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नम्बर वान् इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष लक्षित योजना ल्याएको छ । कम्पनीले नयाा वर्ष २०८१ को अवसरमा “नयाँ सोचौं, नयाँ रोजौें” भन्ने उपहार योजना ल्याएको हो ।

योजना अन्तर्गत सीजी तथा सीजी मेरिडियाको उत्कृष्ट उत्पादनहरुको नवीनतम प्रविधि एवम गुणस्तरका साथ विशेष ग्राहकहरुका लागि ५८ हजार ८०० रुपैयाँसम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु समेत उपलब्ध रहेको छ । उक्त योजना आजै अर्थात् चैत्र २१ गतेदेखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागु गरिएको कम्पनीले जनाएको छ ।

यस्तै, विभिन्न उत्पादन जस्तै एलईडि टिभि, गुगल टिभि, एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सिमित उत्पादनहरुमा उपहारहपाएन सकिने छ । कम्पनीका अनुसार ३२, ४३, ५०, र ५५ को एलइडी टिभि, अडियो सिस्टम, रेफ्रिजरेटर, शोकेश, चेस्ट फ्रिजर, एयर कुलर, र भ्याकुम क्लिनर मा क्यासब्याक अफर रहेको छ ।

यस्तै, ६५ र ७५ को गुगल टिभीमा क्यासब्याक लगायत २.१ स्पीकर उपहार पनि रहेको छ । त्यसैगरी सेमि अटोमेटिक तथा टप लोड वाशिङ मेशिनमा क्यासब्याक लगायत ३ लि. एरियल उपहार रहेको छ । फ्रन्ट लोडमा क्यासब्याक लगायत ६ केजी एरियल उपहार रहेको छ ।

माइक्रोवेभ ओभनको खरिदमा क्यासब्याक लगायत कुकिङ किट उपहार पाउन सकिने कम्पनीले जनाएको छ । डिशवाशरमा क्यासब्याक लगायत डिशवाशर किट र एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत निःशुल्क जडानको सुविधा लिन सकिने छ ।

साथै शून्य प्रतिशत ईएमआइ सिजी लोयल्टी क्लब रिवार्ड, र पुरानो इलेक्ट्रोनिक्स् सामानसंग नयाँ सिजीको सामान साट्न सक्ने सुबिधा पनि रहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार १७:३३   :  बजे

393
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।