काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । आज १ हजार रुपैयाँले बढेसँगै मूल्य कीर्तिमानी बनेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाला सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँ र तेजावी सुन तोलामा १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बुधबार सुनको मूल्य तोलामा १ लाख ३३ हजार रुपैयाँ थियो । यस्तै, हिजो तेजावी सुनको मूल्य तोलामा १ लाख ३२ हजार ३५० रुपैयाँ छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १६ सय १० रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलामा १६ सय ५० रुपैयाँ कायम छ ।




















प्रतिक्रिया