Logo

खेलकुद

एसएमएस फ्रेन्डसिप कप : प्रतियोगिताबाट बाहिरिएको बरोडालाई फाइनल पुगेको नेपालको चुनौती



काठमाडौँ । नेपाली क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज बरोडा क्रिकेट एसोसिएसनसँग खेल्दै छ। खेल गुजरातको वापीमा दिउँसो २:४५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनमा पुगिसकेको छ भने बरोडा भने जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ । नेपालले पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई ८ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा पनि नेपालले आफ्नो उत्कृष्ट लयलाई समात्दै बरोडालाई २७ रनले पराजित गरेको थियो ।

तेस्रो खेलमा बुधबार गुजरातलाई ८ रनले पराजित गर्दै नेपाल एक खेलअगावै फाइनलमा पुगेको थियो । नेपालले शतप्रतिशत जितसहित ६ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ । दुवै खेलमा बरोडालाई पराजित गरेको गुजरातको भने ४ अङ्क रहेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार ०९:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।