Logo

खेलकुद

बरोडाविरुद्ध दीपेन्द्रले कप्तानी गर्ने, कप्तान पौडेललाई आराम



काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपको अन्तिम खेलमा बरोडा क्रिकेट एसोसिएसनविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

गुजरातको वापीमामा बरोडाले टस जितेर पहिला ब्याटिङ गर्ने भएको हो । मुख्य प्रशिक्षक मोन्टी देसाईंले बरोडाविरुद्धको खेलमा नियमित कप्तान रोहितकुमार पौडेललाई आराम दिएका छन् ।

उनको स्थानमा दीपेन्द्रसिंह ऐरीले टोलीको कप्तानी गर्ने भएका छन् । यस्तै, सोमपाल कामी, अभिनास बोहरा र आशिफ शेखलाई पनि आराम दिइएको छ ।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी (कप्तान), ललित राजवंशी, करण केसी, प्रतिश जिसी र आकाश चन्द ।

बेन्च : रोहित पौडेल, आसिफ शेख, सोमपाल कामी र अभिनाश बोहरा

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार १२:५०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।