Logo

प्रमुख समाचार

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने



काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ र प्रदेश -सभा सदस्यका लागि बझाङ-१ (१) मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुमाथि आज उजुरी दिन पाइने भएको छ ।

कुनै उजुरी वा गुनासो भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा कार्यालय समयभित्र उजुरी दिन सकिनेछ । २६ गते मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ हुनेछ । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

२७ गते उम्मेदवारी फिर्ता लिने र सोही दिन उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गर्ने कार्यतालिका छ । वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

निर्वाचन तालिका अनुसार इलाम-२ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र गरी जम्मा २० जनाले तथा बझाङ-१ (१)मा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आईतवार १०:२२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।