Logo

अर्थ

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँ कायम छ । यो मूल्य हालसम्मकै उच्च हो ।

गत चैत २२ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महंगो बनेको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३३ हजार ३५० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आईतवार ११:२१   :  बजे

333
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।