काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से २२.७५ अंकले बढेर २०२६.८१ को विन्दुमा उक्लिएको छ ।
आज ३११ कम्पनीको १ करोड १२ लाख १० हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार बढ्दा १९० कम्पनीको सेयरभाउ उकालो लागेको छ भने ४८ कम्पनीको सेयरभाउ घटेको छ । यो दिन ७ कम्पनीको सेयरभाउ स्थिर रहेको छ ।
आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सी होटलका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ९५ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।




















प्रतिक्रिया