Logo

अर्थ

दिनकै नयाँ रेकर्ड राख्दै सुनको मूल्य, कति पुग्याे ताेलाकाे?



काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँ कायम भएको छ । अछिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार ११:२५   :  बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।