काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँ कायम भएको छ । अछिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।




















प्रतिक्रिया