मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भवनको उद्घाटन गरेका हुन्। उक्त भवनमा २५ वटा जेनरल शय्या, ४ वटा आइसियु शय्या, ११ वटा क्याविन र एउटा भिभिआइटी सुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ । उक्त भवनको लागत २५ करोड रुपैयाँ रहेको अस्पतालले जनाएको छ ।
सबै ४१ शय्यामा मोनिटर रहने र सबै मोनिटर सेन्ट्रल मोनिटर हुने अस्पतालका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए । अस्पतालमा हाइब्रिड कार्भिडो भास्कुलर अपरेटिङ थिएटर समेत निर्माण हुँदै गरेको उनले बताए । यस थिएटरबाट एकै समयमा शल्यक्रिया र क्याथ ल्याबको काम गर्न सकिने अस्पतालले जनाएको छ ।
सो थिएटर ६ महिनापछि सुरु हुनेछ । उक्त हाइब्रिड थिएटर नेपालकै पहिलो थिएटर रहेको अस्पतालको दाबी छ।




















प्रतिक्रिया