Logo

बैंकिङ

सिटजन्स बैंकद्धारा ११ प्रतिशत लाभांश दिने घोषणा



सिटिजन्स बैंकले सेयर लगानीकर्तालाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट उक्त लाभांश दिन लागेको हो ।

बैंकले लगानीकर्तालाई ८ प्रतिशत बोनस र ३ प्रतिशत नगदसहित ११ प्रतिशत लाभांश दिने जनाएको छ । 

बैंकले यसअघि बोनस ७.७० र नगद ३.३० प्रतिशत दिने प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकको वित्तीय विवरण प्रकाशन गर्न समहति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि २०७७ को खण्ड ‘ख’ लाभांश स्वीकृति सम्बन्धी बुदा ११ को प्रावधान अनुसार लाभांश दर संशोधन गरेको हो ।

बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकको अनुमति र बैंकको साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार १०:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।