काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ को विन्दुमा झरेको हो।
आज नेप्सेमा सूचीकृतमध्ये ३१४ कम्पनीका ७२ लाख २३ हजार ७७३ कित्ता सेयर २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैयाँ बढीमा कारोबार भएको छ। यो दिन ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।
बजार घट्दा ५२ कम्पनीको सेयरभाउमात्रै उकालो लागेको छ भने १८४ कम्पनीको सेयरभाउ ओरालो लागेको छ। आज ८ कम्पनीको सेयरभाउ स्थिर रहेको छ।
आज, सबैभन्दा धेरै माछापुच्छ्रे डिबेञ्चर २०८७ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ७ प्रतिशतका दरले कमाएका छन् । मेन्छियाम हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५.९३ प्रतिशतका दरले कमाएका छन् । सृजनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।
सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।




















प्रतिक्रिया