Logo

अर्थ

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति पुग्यो?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यो मूल्य हालसम्मकै उच्च हो ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज तेजावी सुनको प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएकाे छ ।

 

 

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार ११:१८   :  बजे

540
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।