Logo

अर्थ

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । अघिल्लो दिन प्रतितोला १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पनि यहि मूल्यमा सुनको कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : बैशाख ५, २०८१ बुधबार  ११ : १२ बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।