Logo

अर्थ

हाम्रो नयाँ कृषि सहकारीका आरोपीहरुविरुद्ध मुद्दा नचल्ने, पक्राउ परेका तीनै जना छुटे



काठमाडौं । काठमाडौंको हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका सञ्चालकहरू रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को रायअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय गरेको हो ।

हाम्रो नयाँ कृषि सहकारी संस्थाका उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष रामहरि अधिकारी र नविन अछामीलाई थुनामुक्त गरिएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले बताए । ज्ञवालीले भने–‘सरकारी वकिल कार्यालयको निर्णयपछि पक्राउ गरिएकाहरु रिहा भएका छन् ।’

सहकारी पीडित उजुरीकर्ताको रकम पिर्ता भए पनि उनीहरूविरुद्ध मुद्दा चलाउनु नपर्ने रायसहित प्रतिवेदन सीआईबीले सरकारी वकिलको कार्यालय पठाएको थियो ।

हाम्रो नयाँ कृषिको सञ्चालक समितिका सदस्य दुर्गा चापागाईं बुटवलमा थुनामा छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका उनलाई सीआईबीले काठमाडौँमा झिकाएर बयान लिएको थियो । सहकारी विभागले गत असोजमा सो सहकारीबारे अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार १६:१६   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।