Logo

अर्थ

सानिमा बैंकको नाफा १ अर्ब ४३ करोड



काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

चैत मसान्तसम्म बैंकले १ अर्ब ४३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १६.१७ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७१ करोड रुपैयाँ नाफा गरेको थियो ।

चैत मसान्तसम्म बैंकले ४ अर्ब ५८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ९३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब ९४ करोड रुपैयाँ, सञ्चालन नाफा २ अर्ब ६ करोड रुपैयाँ छ ।

बैंकको वितरणयोग्य नाफा ७.९५ प्रतिशत रहेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चैतसम्म वितरणयोग्य नाफा ७५ करोड ६८ लाख २२ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४.२७ रुपैयाँ छ । बैंकको मूल्य आम्दानी अनुपात १६.६७ गुणा छ भने प्रतिसेयर नेटवर्थ १४७.२४ रुपैयाँ छ ।

बैंकले यस अवधिमा खराब कर्जा पनि घटाएको छ । गत वर्षको चैतमा २.२७ प्रतिशत खराब कर्जा रहेकोमा यस वर्ष घटाएर १.८९ प्रतिशतमा झारेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड रुपैयाँ र जगेडा कोष ५ अर्ब ६५ करोड रुपैयाँ छ । साथै, बैंकले १ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १२:२०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।