Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा झण्डै २७ करोड



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार तेस्रो त्रैमाससम्ममा झण्डै २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो ।

चालु आवको पहिलो ९ महिनासम्ममा बैंकले २६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २४ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४९ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ६.१९ प्रतिशत र सञ्चालन मुनाफा ९.६५ प्रतिशतले बढेको छ ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा २ रुपैयाँ ३४ पैसा ऋणात्मक रहेको छ ।

बैंकको चुक्ता पूँजी ३ अर्ब ४३ करोड रुपैयाँ छ। जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ छ। चैत मसान्तसम्ममा बैंकले ५२ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १४:४१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।