Logo

अर्थ

सेयर बजार दोहोरो अकंले बढ्दा २ अर्बमाथिको कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ को विन्दुमा कायम भएको छ ।

आज ३१० कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २५ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार बढ्दा १७६ कम्पनीको सेयरभाउ उकालो लागेको छ भने ६३ कम्पनीको सेयरभाउ ओरालो लागेको छ। यो दिन ६ वटाको कम्पनीको सेयरभाउ स्थिर रहेको छ।

गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १० करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०८१, आईतवार १५:३१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।