Logo

अटो

हिरो मोटोकर्प नेपाली बजारमा: ४ मोडल सार्वजनिक, नेपालमै सीजीले थाल्याे एसेम्बल



काठमाडौं । मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो मोटोकर्पले नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्ससँगको सहकार्यमा आक्रामक व्यापार योजना घोषणा गरेको छ ।

कम्पनीले नेपालमा एसेम्बली प्लान्टको उद्घाटन समेत गरेको जानकारी दिएकाे छ । हिरो मोटोकर्पले चार विश्वव्यापी उत्पादनहरू एक्स पल्सर २०० फोर भी, सुपर स्पल्याण्डर, स्पल्याण्डर प्लस मोटरसाइकल र एक्सुम ११० स्कुटर बजारमा ल्याएको छ ।

यी उत्पादनलाई नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली स्थापना गरेर स्थानीय रूपमै एसेम्बल गरिने कम्पनीले जनाएको छ ।

प्लान्टको क्षमता प्रति वर्ष ७५ हजार युनिट हुने जनाइएकाे छ । यसले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्नेछ । सीजी मोटर्सले बढ्दो ग्राहक संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रुत रूपमा विस्तार गर्दैछ ।

‘नवीनता र प्रविधि आफ्नो मूल मन्त्रका साथ, हिरो मोटोकर्प विश्वभरका आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय उत्पादनहरू र अनुभवहरू प्रदान गर्न प्रतिबद्ध छ । यस सहकार्य हिरो मोटोकर्प, सीजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण हो । यस अत्याधुनिक एसेम्बली युनिटले हाम्रा विश्वस्तरीय उत्पादनहरू अब नेपालमा नै बनाइने र देशभरका ग्राहकहरूका लागि सजिलै उपलब्ध हुने सुनिश्चित गर्नेछ । हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले भने, ‘सेल्स र सर्भिस नेटवर्कको द्रुत विस्तारले हामीलाई हाम्रा विश्व-स्तरीय उत्पादनहरू र सेवाहरूसँग बजार जोड्न सक्षम बनाउँछ। हाम्रो साझेदार सीजी मोटर्ससँगै नेपालमा हाम्रो नयाँ फोकसले नेपालप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ, जुन हाम्रो लागि निकै महत्त्वपूर्ण बजार हो ।’

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी मोटर्सका लागि यो एकदमै विशेष क्षण भएको बताए । ‘हामी हाम्रो एसेम्बली सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौं’ उनले भने ‘हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्व स्तरीय दक्षता हाम्रो सञ्चालन विस्तार गर्नका लागि हामीलाई धेरै लाभदायक हुनेछ । अब हामी देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौँ ।’

नयाँ एसेम्बली सुविधा नेपालको मध्यभागमा अवस्थित छ । सेल्स तथा सर्भिस नेटवर्कको द्रुत विस्तारले सबै ग्राहक आवश्यकताहरू निर्बाध रूपमा सम्बोधन गरिएको सुनिश्चित गर्नेछ । सीजी मोटर्सले काठमाडौंमा हिरोको प्रमुख तथा फ्ल्यागशिप शोरुम खोलिसकेको जनाएको छ । साथै, आगामी तीन महिनाभित्र १०० भन्दा बढी सेल्स तथा सर्भिस आउटलेटहरू खोल्ने जनाएको छ ।

हिराे माेटाेकर्प नेपालमा सन् २०१४ मा भित्रिएकाे हाे । एसियामा नेपाल उक्त कम्पनीकाे सबैभन्दा ठूलाे ब्राण्ड हाे । सुपर स्लेण्डर, एक्सपल्स २०० यही कम्पनीका उत्पादनहरु हुन् ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आईतवार १९:००   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।